वि.सं:
नेपाल संवत: ११४५ वछलागा चतुर्थी - १९
पृष्ठभूमी
प्रदेश स्तरमा तालिमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण, तालिम संचालन तथा व्यवस्थापन र तालिम फलोअप गर्ने उदेश्यले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७५/०९/०९ को निर्णयानुसार सात वटै प्रदेशमा स्वास्थ्य तालिम केन्द्रको स्थापना गरिए अनुरुप नै यस सुदूरपश्चिम प्रदेशमा पनि स्वास्थ्य तालिम केन्द्रको स्थापना भएको हो ।
प्रदेश भित्रका स्वास्थ्य सेवासँग सम्बन्धित तालिम कार्यक्रमहरुलाई पारदर्शि र व्यवस्थित बनाउदै स्वास्थ्य सम्बन्धि सबै प्रकारका तालिमहरुको एकरुपता कायम गर्न तिनलाई नियमन तथा प्रमाणीकरण (Certification) गर्न साथै स्वास्थ्यकर्मीहरुको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्षम बनाउन तालिम प्रदान गर्ने अलग्गै निकायको रुपमा स्वास्थ्य तालिम केन्द्रको आवश्यकता रहेको छ ।
साविकमा क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रको नामबाट कार्यप्रारम्भ गरेको यस तालिम केन्द्रले स्थापनाकाल देखी नै प्रदेश, स्थानीय तह र संघका निकायहरु र अन्य सरोकारवाला निकायहरु बिच आवश्यक समन्वय गरि तालिम कार्यक्रमहरुको व्यवस्थापन तथा संचालन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।
दृष्टि
यस स्वास्थ्य तालिम केन्द्रलाई विश्वसनीय प्रतिष्ठित तालीम केन्द्रको रुपमा वहुआयामिक क्षेत्रबाट सशक्त रुपमा स्थापित हुने साथै आवश्यकतामा आधारित गुणस्तरीय तालीम कार्यक्रमहरु सञ्चालन गर्ने ।
ध्येय
तालिम केन्द्रको भौतिक तथा प्राविधिक पक्षलाई समय सापेक्ष सवल, सक्षम तुल्याई तालिम द्वारा स्वास्थ्यकर्मिहरुको ज्ञान, सिप तथा सकारात्मक धारणा र व्यवहारमा अभिवृद्धि गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई सुनिश्चित गर्न मद्दत पुर्याउने ।
कार्य विवरण
१. संघिय तालिम निर्देशिका,प्रोटोकल तथा मापदण्ड बमोजिम प्रदेशस्तरका तालिम सामग्री तथा पाठयक्रम विकास गर्ने
२. प्रदेश अन्तरगतका स्वास्थ्यकर्मीहरुको तालिम आवश्यकता पहिचान गर्ने
३. प्रदेश स्तरमा सचालन गर्नुपर्ने तालिम व्यवस्थापन तथा सन्चालन
४. समय सापेक्ष अनुसार तालिम सामाग्री तथा पाठयक्रमको परिमार्जन गर्ने
५. स्वास्थ्यकर्मीहरुको पेशागत वृत्तिविकासको लागि तालिम प्याकेजहरु बिकास गर्ने
६. तालिम सामग्री विकासका लागी सहजिकरण गर्ने
७. स्वास्थ्य सम्बन्धि तालिम संचालनका लागि सरोकारवालाहरुसंग सम्वन्य गर्ने
८. स्थानियस्तरका तालिम एवम सीप विकासका कार्य संचालनका लागि प्राविधिक सहयोग गर्ने
९. तालिम सम्बन्धि सुचना व्यवस्थापन गर्ने
१०. स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्न सुचना प्रविधिको प्रयोग गरि दुर शिक्षा प्याकेजहरु कार्यान्वयन गर्ने
११. संघिय मापदण्ड बमोजिम तालिम तथा तालिम संचालन गर्ने निकायहरुको प्रत्यापन तथा नियमन सम्बन्धि कार्यहरु एवं गुणस्तर
निर्धारण सम्बन्धि कार्यहरु गर्ने
शाखागत कार्यविवरण
तालिम शाखा
१. सहभागि छनौट
२. तालिमका सहभागीहरुलाई पत्राचार
३. प्रशिक्षकहरुको छनौट
४. तालिम संचालन
५. तालिमको वार्षिक कार्य योजना
६. तालिम सूचना तथा अभिलेख राख्ने
तालिम विकास,अनुगमन तथा समन्वय शाखा
१. तालिम आवश्यकता पहिचान
२. पाठयक्रम विकास तथा परिमार्जन
३. तालिमको योजना तयार
४. बार्षिक वजेट तथा कार्यक्रम तर्जुमा
५. मासिक,चौमासिक र बार्षिक प्रगति विवरण तयार गर्ने
६. सरोकार वाला निकायहरु बिच समन्वय
७. तालिम फलोअप तथा अनुगमन
८. तालिम साइटहरुको अनुगमन तथा गुणस्तर जाँच
९. अनसाइट कोचिङ्ग
१०. तालिम साइटहरुलाई मान्यता प्रदान
प्रशासन शाखा
१. आन्तरिक कर्मचारी प्रशासन,कार्यालय व्यवस्थापन,सुरक्षा,सरसफाइ र आवश्यक भौतिक व्यवस्था
२. आन्तरिक कार्य विभाजन,हाजिरी,विदा,रमाना पालोपहरा खटनपटनको व्यवस्थापन
३. कार्यालय भवन,छात्रावास,पसिर,सवारी साधनको मर्मतसंभार तथा व्यवस्थापन
४. तालिमकेन्द्रको जिन्सी समानको आपुर्ति तथा व्यवस्था,जिम्मा तथा रेखदेख,संभार,संरक्षण,निरिक्षण तथा प्रतिवेदन सम्बन्धि
कार्यहरु गर्ने
५. कार्य सम्पादन मुल्याकंन सम्बन्धि अभिलेख तथा व्यवस्थापन गर्ने
६. कर्मचारीहरुको व्यक्तिगत फाइल अध्यावधिक गर्ने
७. छात्रावासको रेखदेख तथा व्यवस्थापन र शुल्कहरु असुल गर्ने
८. आर्थिक योजना तथा आर्थिक निति नियम अनुसार कार्य गर्ने
९. विनियोवित बजेटको निकासा,खर्च,लेखाकंन तथा प्रतिवेदन र लेखापरिक्षण सम्बीनध कार्यहरु गर्ने
१०. योजना तथा कार्यक्रम तर्जुमा,वजेट,कार्यान्वयन,लेखा परिक्षण तथा बेरुजु फछयौट र आर्थिक अनुसासन सम्बन्धि कार्य गर्ने
११. आन्तरिक बजेट संचालन गर्ने
१२. प्रदेश सरकारको आर्थिक प्रशासन र वित्तिय व्यवस्थापन सम्बन्धि विषयका कार्यहरु गर्ने
उदेश्यहरु
१. तालिमको आवश्यकता पहिचान गर्ने
२. तालिमको योजना,कार्यान्वयन र अनुगमन तथा मुल्याकंन गर्ने
३. तालिम सामग्री तथा पाठयक्रम विकास गर्ने
४. सेवाप्रदायकहरुको क्षमता अभिवृद्धि गर्ने
५. संघ तथा स्थानिय तहहरु संग सम्वन्य गर्ने
६. तालिमको विवरण राख्ने ७.स्वास्थ्य कार्यालयहरुलाई प्राविधिक सहयोग गर्ने
८. सरोकारवालाहरु संग समवन्य र सहकार्य गर्ने